Logo

चिनियाँ ममी देखेर वैज्ञानिकको उड्यो होस

यि हुन् संसारमै सबैभन्दा राम्रोसँग प्रिजर्भ गरिएको ममी २१०० वर्षभन्दा धेरै समयदेखि प्रिजर्भ गरेर राखिएको एक चिनियाँ महिलाको ममी अहिले वैज्ञानिकको लागि रहस्य बनेको छ । यी महिलालाई लेडि अफ दइ नामले चिनिन्थ्यो । यो ममीको छाला निकै नरम छ रहात खुट्टा मोडिइरहेका छन् । ममीको शरीरभित्रका अंगदेखि लिएर आँखाको परेला र कपालसमेत पूरै ठिक अवस्थामा छन् । शरीरमा रगतको अंश पनि भेटिएको छ जसबाट महिलाको रक्तसमूह पनि पत्ता लागेको छ ।

लेडी अफ दइलाई शिल झुइ नामले पनि चिनिन्छ । उनी २०० इसापूर्वमा जीवित भएको अनुमान गरिन्छ । उनी मर्कुइस अफ दइकी पत्नी थिइन् । शिन झुइको चिहान हुनान प्रान्तको चांगशामा एक हिलटाउन मवांगदुईमा भेटिएको थियो । उहाँ हवाइ आक्रमणबाट बच्नको लागि बंकर र सुरुङ खन्ने क्रममा उनको चिहान र ममी भेटिएको थियो । उनको ममीको जाँचबाट थाहा भएको छ कि उनी ओभरवेट थिइन् । साथमा उनलाई पिठ्युँको पीडा, उच्च रक्तचाप, कलेजोको रोग, पत्थरी, मधुमेश र मुटुसम्बन्धी समस्याबाट पीडित थिइन् ।

जाँचका अनुसार उनको ५० वर्षको उमेरमा हर्ट एट्याकबाट मृत्यु भएको थियो । वैज्ञानिकहरुका अनुसार अहिलेसम्म भेटिएमध्ये यो मुटुसम्बन्धी रोगको सबैभन्दा पुरानो केस हो । विशेषज्ञका अनुसार यसको पछाडि उनको विलासी जीवनशैली कारक थियो । उनको ममीसँगै उनका रेशमका १०० कपडा, १८२ वटा महंगा भाँडाकुँडा, श्रृंगारका सामानहरुसहित कैयौं विलासी सामान भेटिएका थिए । सँगसँगै नोकरको रुपमा राखिएका १६२ काठका मूर्ति पनि थिए । उनको शरीर अहिले हेर्दा वैज्ञानिकले यो बुझ्न सकिरहेका छैनन् कि उनको शरीरलाई सुरक्षित राख्न के गरिएको थियो जसले अहिलेसम्म हरीर जस्ताको तस्तै छ ।

प्रतिक्रिया दिनुहोस्