Logo

अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास वालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – शुक्रबार (आज) अस्पतालबाट प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । गत कात्तिक १२ गते विहान साढे ४ बजे छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वास्थ्य लाभ भएर शुक्रबार (आज)सरकारी निवास वालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्