Logo

पाकिस्तानमा तालिबान लडाकूका जन्मदाता एवं धर्मगुरु माैलानाकाे हत्या

एजेन्सी – तालिबान लडाकुको उच्च नेता धर्मगुरु मौलाना समी उल-हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए–इस्लामकाको शाखा प्रमुख समेत रहेका मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो ।

मौलाना समी उल-हकलाई पाकिस्तानमा तालिबानको जन्मदाता मानिन्छ । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए ।

उनी रावलपिन्डीस्थित सफारी वन भिलेज इलाकामा बस्थे । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

मौलाना ८२ वर्षका थिए । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बने । यही मदरसाबाट हजारौं तालिबान लडाकुहरुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

ईसाई युवती आसिया बीबीलाई रिहा गरिएपछि पाकिस्तानमा धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् । मौलाना पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले बाटो बन्द गरिदिएपछि उनी घरफर्किएका थिए । मौलानाको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्