Logo

विराटनगरका कप्तान सन्दिप लामिछाने सहित अन्य ४ जना क्रिकेटर लाई कारबाही ।

नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेसहित ४ खेलाडीले एम्पायरको निर्णयविरुद्ध असन्तुष्टि देखाएपछि खेल रेफ्रीले कारबाही गरेका छ्न । कारबाही अनुसार खेलाडीहरुलाई डिमेरिट अंक दिईएको जनाईएको छ ।

विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेले शनिबार सम्पन्न चितवन राइनोज विरुद्धको खेलमा आइसीसीको कोड अफ काण्डक्टविरुद्ध हुने गरि अम्पायरसँग गलत व्यवहार देकाएका थिए ।

अम्पायर सङ्ग गलत व्यबहार गरेको कारण खेल रेफ्री सत्यजित सरकारले एक डिमेरिट अंक दिएको हो भने विराटनगर टाईटन्सका बलर किशोर महतो र चितवन राइनोजबाट खेल्ने गरेका भारती खेलाडी सन्नी पटेलले मैदानमा खराब व्यवहार देखाएका कारण खेल रेफ्रीले चेतावनी दिएका थिए ।

काठमान्डौ गोल्डेन्सका अमर सिह रौतेलालाई पनि कारबाही स्वरुप एक डिमेरिट अंक दिईएको छ उनले गत विहिबार चितवनबविरुद्ध भएको खेलको क्रममा काठमाडौँ मैदानमा खराब व्यवहार देखाएका थिए ।

कारबाहीमा परेका सम्पुर्ण खेलाडीहरुले आ-आफ्नो गल्ती स्वीकार गरिसकेकाले कारबाही बारे थप सुनाई नहुने आयोजक क्विन्स ईभेन्ट एन्ड मेनेजमेन्ट प्राली ले जनाएको छ ।

देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा देश भरिबाट ६ टोलिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्