Logo

फेरी आयो दुखको खबर : तिब्र गतिको ट्याक्सी सडकबाट ५०० मिटर तल खसेर दुर्घटना हुदाँ २४ वर्षीय सुमन को ज्यान गयो !

पोखराको पुम्दीभुम्दीमा ट््याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६।३० बजे लिन जाँदा नभेटिएपछि ट््याक्सीधनीले प्रहरीमा खबर गरेका थिए ।

ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट््याक्सी दुर्घटनापछि मात्रै हराएको र ट््याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो । आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन ।

अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको ट््याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेल ९सुवास० को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ ।

ग १ ज ५४३ नं को ट््याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ । उहाँले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीले त्यसबारेमा ट््याक्सी धनी जिरो किलोमिटरका प्रेमबहादुर गुरुङमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्