Logo

“सुश्री सम्पति”मा प्रियंका कार्कीको हट अवतार…(हेर्नुहोस् भिडियो)

चलचित्र ’सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छिन ।

गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् ।फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

मङ्सिर २८ मा रिलिज हुने फिल्म रमेश त्वायना प्रस्तुतकर्ता रहेको छ भने कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्