Logo

सजिलै क्यानडना जान चाहानुहुन्छ ? यस्तो छ सरल र सहज उपाय

काठमाडौँ – क्यानाडामा उच्च शिक्षा हासिल गर्न जाने नेपालीहरुको संख्या बढेको छ । सिआईसी एजुकेशन हवका कार्यकारी निर्देशक दिपेश केसीका अनुसार पछील्लो समय अष्ट्रेलियामा अध्ययन सकेका विद्यार्थीहरुलाई पर्मानेन्ट रेसिडेन्स दिन कडाइ गरे लगतै क्यानाडामा अध्ययन गर्न चाहने नेपाली बिद्यार्थीहरुको आकषर्ण वढेको हो । अन्य देशको तुलनामा क्यानाडाको भिसा कम लाग्ने भन्ने कुरा बजारमा बढी मात्रामा बाहिर आए पनि अध्ययन भिषाको लागी क्यानडामा कुनै समस्या छैन निर्देशक केसीले भने ।

बजारमा भिषा लाग्दैन भन्ने कुरा हल्ला मात्रै भएको प्रष्ट्याउँदै निर्देशक केसीले थपे क्यानडामा अध्ययन भिसा पाउन आवेदकको भिषा एप्लिकेशन प्याकेज राम्रो हुनुपर्दछ , जसमा उसको एकाडेमिक स्कोर देखी , प्रोग्राम चयन सान्धर्विक भय नभएको ,ईंग्लिश टेस्ट स्कोर आदी जस्ताकुरालाई आधार मानेर भिसा दिने गर्दछ । अर्को कुरा क्यानडा अप्लाई गर्दा भिएफएसद्वारा क्यानडा एम्बेस्सी न्यू दिल्ली पठाउनु पर्ने र भिजा अन्तर्वाता नहुने भएकाले डक्युमेन्टेशन अनिवार्य राम्रो हुनुपर्छ निर्देशक केसीले बताए ।

यसैबिच क्यानाडामा अध्ययन गर्ने नेपालीहरुको चाहनालाई मध्यनजर गर्दै क्यानेडियन स्टडी सेन्टर र सिआईसी एजुकेशन हवले यही नोभेम्बर १९ मा एल्लो प्यागोडा होटेल जमलमा स्टडी सेमीनारको आयोजना गर्दैछ । जहाँ क्यानडा टोरोन्टोको एक प्रसिद्ध कलेज सेनिसा का डिरेक्टरले नै कलेजको प्रोग्राम, नेपाली बिद्यार्थीहरुलाई आउने अवसर र चुनौतीहरु , भिजा प्रोसेस , अन्य सान्धर्विक बिषयबस्तुहरुको जानकारी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्