Logo

डडेल्धुरामा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत बिहीबार भएको सो बस दुर्घटनाप्रति प्रधानमन्त्री ओलीले शनिबार दुःख व्यक्त गरेका हुन् । शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको उल्लेख गरेका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

‘डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको स्कूलबस दुर्घटनामा १८ जनाको दुःखद् निधन र ठूलो संख्यामा यात्रुहरु घाइते भएको खवरले म अत्यन्तै दुःखी छु।दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, आफ्नो ट्वीटमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्