Logo

१० फाेटाेमा हेर्नुहाेस् ३ अर्ब ४५ करोडकाे नयाँ धरहरा यसरी ठडिँदैछ

काठमाडाैं – भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको छ। साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे ३ वर्षपछि निर्माण कार्य भने बल्ल सुरु भएको हाे । ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहरा निर्माणको जिम्मा जिआइइटीसीले पाएको छ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आह्वान गरेको प्रस्तावमा जिआइइटीसीले सबैभन्दा कम रकममा धरहराको पुनर्निर्मान स्वीकार गरेको हो।

नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२ रोपनी जमिनमा फैलने भएको छ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने पुनर्निर्माण प्रधिकरणले जनाएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी जिआइइटिसी रमन जेभीसँग सम्झौता गरेकाे थियाे । हाल धरहरा निर्माणका लागि जग खन्ने काम सुरु भएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्