Logo

के तपाईंले फर्सीको मुन्टो खाने गर्नु भएको छ भने , हेर्नुहोस् यस्तो हुन सक्छ ! पढेर शेयर गरौ !

महिलाहरुको लागि बजारमा धेरै प्रकारका गर्भनिरोधक चक्कीहरु उपलब्ध छन् । तर अहिले आएर पुरुषको लागि पनि वैज्ञानिकहरुले गर्भनिरोधक जेलको आविष्कार गरेका छन् । यो पुरुषहरुको लागि आविष्कार गरिएको पहिले कन्सेप्शन हुनसक्छ ।

पपुलेशन काउन्सिल र नेशनल इन्टिच्युट अफ हेल्थ, नेशनल इन्टिच्युड अफ चाइल्ड हेल्थ र ह्युमन डेभलपमेन्टको अनुसन्धानकर्ताहरुले मिलेर यस पुरुष जेलको आविष्कार गरेका हुन् । यस जेलले पुरुषहरुमा स्पर्म प्रोडक्शनमा कमी गर्न मदत गर्छ ।

अनुसन्धानको रिपोर्ट अनुसार यस जेलमा फिमेल सेक्स हर्मोन प्रोजेस्टेरोनका सिन्थेटिक वर्जन र पुरुषहरुमा पाइने टेस्टोस्टेरोन हर्मोनलाई समावेश गरिएको छ । यो जेल पुरुषहरुले आफ्नो काँध र कम्मरमा लगाउनुपर्ने बताइएको छ । त्यसपछि यो जेलमा भएको हर्मोनहरुले एब्सोर्ब गरेर पुरुषहरुमा स्पर्मको प्रोडक्शनमा कमी ल्याउँछ ।

नेशनल इस्टिच्युड अफ हेल्थका अनुसार, यो जेल लगाएपछि पुरुषहरुमा हुने स्पर्मको मात्रा कम हुदै हुन्छ, तर लामो समयसम्म भने टिक्दैन । यसका साथै यस जेलमा भएको टेस्टोस्टेरोनले पुरुषमा हुने नेचुरल टेस्टोस्टेरोन हर्मोनलाई कम गर्ने धेरै साइड इफेक्टहरुलाई पनि सुरक्षित राख्ने काम गर्छ, जस्तै इरेक्टाइल डिफङ्कशन, शरीरको रौं कम हुनु, आवाजमा परिवर्तन आदि ।

नेशनल इस्टिच्युट अफ हेल्थको कन्ट्रासेप्टिभ डेभलपमेन्ट प्रोग्रामको मुख्य लेखक डायना ब्लिथले बताए अनुसार केही महिलाहरुमा हुने हर्मोनल कन्ट्रासेप्शन मिल्न पाउँदैन । उनले थपिन्, ‘यो जेल सुरक्षित, बिना असर र रिवर्सिबल मेल कन्ट्रासेप्टिबहरुको आवश्यकता पूरा गर्नका लागि सक्षम हुन्छ ।’

तपाईलाई यो पनि जानकारी गराऔं, नेशनल इन्स्टिच्युट अफ हेल्थले अमेरिकामा यो जेलको चाँडै क्लिनिकल ट्रायल गर्नेछ । जहाँ ४०० भन्दा बढी जोडीहरुमा यो जेल टेष्ट गरिने भएको छ । यसै ट्रायलबाट यो जेल कति सुरक्षित र विना असरको हुन्छ भन्ने कुरा थाहा हुने बताइएको छ ।

युनिभर्सिटी अफ वासिङटन स्कुल अफ मेडिसिनका डा.विलियम ब्रेमनरका अनुसार यस नयाँ जेलमा धेरै क्षमता र असररहित साबित हुनेछ । पुरुषहरुको लागि बर्थ कन्ट्रोलका लागि केवल कण्डम बाहेकको विकल्प नै थिएन । तर अब यो जेलको सहयोगले कण्डमको प्रयोग बिनानै बर्थ कन्ट्रोल गर्न सकिने भएको छ ।

वैज्ञानिकहरुले पुरुषहरुको लागि कन्ट्रासेप्टिव औषधि चक्कीहरु बनाउनका लागि प्रयास गरिरहेका छन्, तर अझैं पाँच वर्ष लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्