Logo

ट्रम्पलाई पछार्दै अघि बढे मोदी

सामाजिक सञ्जाल इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ । तस्वीर सेयर गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो ।संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवै भन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।

मोदी पछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहनु भएको छ भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको इन्डीया टुडेले लेखेको छ । पोप फ्रान्सीस, जार्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा पर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिनु भएको अध्ययनले जनाएको छ । उहाँको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्