Logo

मिस वल्ड २०१८ को फाईनलको लागी भोटिंग खुल्यो, यसरी भोट गरौँ, देखाउँ नेपालीको पावर, सेयर गरौँ !

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको । केहि मिनेट अघि मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ ।

१, मिस वल्डको वेबसाईट बाट
२, मोडेल पावर लाईभ बाट
३, मोवस्टार अयाप मार्फत

भोट कसरी गर्ने त ?
तरिका नम्बर १:तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।पहिले यो अयाप डाउनलोड गर्नुहोस, अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस |

तरिका नम्बर २:मोडेलपावर लाईभ एक चाईनिज वेबसाईट हो । यो प्राय देशमा खुल्दैन तपाई भएको देश वा ठाउँमा खुल्छ कि यहाँ क्लिक गरेर सिधै मोडेल पावर लाईभको वेबसाईटमा जानुहोला । त्यहाँ शृंखला खतिवडाको प्रोफाईलमा गएर भोट गर्नुहोस ।

तरिका नम्बर ३:मिस वल्डको आधिकारिक वेबसाइटमा जानको लागी यहाँ क्लिक गर्नुहोस र त्यहाँ शृंखला खतिवडाको नाममा गएर भोट गर्नुहोस । सामाग्री सक्दो सेयर गर्नुहोस ! फेसबुकको फोटोहरु लाईक सेयर कमेन्ट गरेर भोट हुँदैन है ।

प्रतिक्रिया दिनुहोस्