Logo

आमाको मृत्यु भएपछि पिडा सहन नसक्दा आमा बिना बाँच्न नसक्ने सुसाइड नोट लेखेर एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ गरे आत्महत्या !

भारतमा एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ आत्महत्या गरेका छन् । भारतको हरियाणामा पर्ने फरिदाबादमा उनीहरले आत्महत्या गरेका हुन । फरिदाबादको दयाल बाग कोलोनीमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुले केही दिन अघि नै आत्महत्या गरेको पुष्टि भएको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख गरेको छ । हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्