Logo

कुवेतबाट आयो दुःखद् खबर, दाङका लक्ष्मणबहादुर खत्रीको दुर्घटनामा मृत्यु ! रिप लेख्नुहोस

सुनौला सपना बोकेर कुवेत पुगेका दाङको हापुर नारेवाङका २६ वर्षीय लक्ष्मणबहादुर खत्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गत नोभेम्बर २३ तारिख २०१८ का दिन दुर्घटनामा परी घाइते भएका खत्रीको उपचारका क्रममा ७ डिसेम्बरका दिन अस्पतालमै निधन भएको हो ।

मृतक खत्री पछिल्लो समय कुवेतमा अवैधानिकरुपमा काम गर्दै आएका थिए । नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादर मगरका अनुसार इस्को इन्टरगल सर्भिसेज कम्पनी कुवेतमा काम गर्दै आएको भए पनि मृतक खत्री केही समय पहिले मात्र उक्त कम्पनी छोडेर अवैधानिकरुपमा काम गर्दै आएका थिए ।

द्वितीय सचिव मगरले भने, ‘‘इस्को कम्पनीले मृतक लक्ष्मणबहादुर खत्रीविरुद्ध गत नोभेम्बर २ तारिख २०१८ का दिन मात्र कम्पनी छोडेर भागेको ‘भगुवा मुद्दा’ दायर गरेको देखिएको छ । तर पनि दूतावासले मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया शुरु गर्दै शव पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागि उक्त कम्पनीमा अनुरोध गरेको छ ।’’ कम्पनीले अझै शव पठाउन पैसा दिने वा नदिने निर्णय गरिनसकेको मगरले बताए ।

कम्पनीले शव पठाउने पैसा नदिएमा कुवेतमा रहेका नेपाली समुदायसँग आर्थिक सहयोगका लागि अनुरोध गरिने उनले बताए । मगरले भने, ‘‘खत्रीको सडक दुर्घटनामा परी मृत्यु भएकाले मृतकको परिवारसँग पावर मन्जुरीनामा लिएर उनको परिवारले पाउनसक्ने सडक दुर्घटना विमा (इन्स्योरेन्स)का लागि पनि दूतावासले आवश्यक कानुनी सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्