Logo

सास फेर्न दे भन्दै काठमाण्डौमा उर्लियो जनसागर, सरकारविरुद्ध यति ठूलो आन्दोलन

नेपाल बिद्यार्थी संघले आज काठमाण्डौमा बृहत प्रदर्शन गरेको छ । काठमाण्डौको भृकुटी मंडपबाट नेपाल बिद्यार्थी संघले प्रदर्शन सुरु गरेको थियो । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघले प्रदुषणको विरुद्ध प्रदर्शन गरेको हो ।

काठमाण्डौवासीले सास समेत फेर्न नसकेको भन्दै दबाब मुलक आन्दोलन गरिएको नेविसंघले जानकारी दिएको छ  । नेविसंघले नेपाल सरकार र काठमाण्डौ महानगरपालिकालाई धुलो नियन्त्रण गर्न पनि भनेको छ ।

आम नागरिकले सास समेत फेर्न नसक्ने अवस्था भईसक्दा समेत सरकारले धुलोधुँवा नियन्त्रणमा पहल नगरेको भन्दै नेविसंघका नेता कार्यकर्ताले आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्