Logo

जापान पठाइदिन्छु भन्दै पैसा ठग्न थाले, सम्बन्धीत निकायले ग-यो यस्तो आग्रह

अहिले जापानमा नेपाली कामदार पठाउने विषयमा हल्ला चलेको छ ।यहि विषयलाइ लिएर वैदेशिक रोजगार व्यवसायी संघले आधिकारिक सूचना नआएसम्म हल्लाको पछि नलाग्न आग्रह गरेको छ। वैदेशिक रोजगार व्यवसायी संघले जापानमा रोजगारीको लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ठगी हुनसक्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले विज्ञप्तीमा रोजगारीको बाहानामा ठगी गर्ने गिरोह सक्रिय हुनसक्ने भन्दै जापानको रोजगारको नाममा कसैलेपनि कुनै कारोबार नगर्न उल्लेख गरेका छन्। अध्यक्ष गुरुङले जापान र नेपाल दुई देशबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर नभएसम्म आवश्यकताभन्दा बढी चर्चा गरेको उचित नहुने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्