Logo

अस्ट्रेलिया र बंगलादेशमा पनि सन्दिप चकिएपछि प्रधानमन्त्री ओलीले यसरी गरे सन्दिपको प्रशंसा !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । अस्ट्रेलियाको बिग बासमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आइतबार बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा पनि २ विकेट लिएपिछ प्रधानमन्त्री ओलीले सन्दीपलाई शुभकामनासहित बधाई दिएका हुन् ।

‘सन्दीपको सफलताले उचाइ लिँदा हामी गर्व महसुस गर्छौंं,’ प्रधानमन्त्री ओलीले ‘हेराल्ड सन’सँग भनेका छन्, ‘यो उनको मेहनत, प्रतिबद्धता र कठिन परिश्रमले पाएको सफलता हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

सन्दीपको सफलताले नेपाली युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’बिग बास लिगको ४ खेलमा ८ विकेट लिएका १८ वर्षे सन्दीपले हासिल गरेको सफलताबाट नेपाली क्रिकेट टिमलाई पनि सहयोग मिल्ने प्रधानमन्त्रीले आश गरेका छन् । उनले भनेका छन्, ‘हिमाली देशको क्रिकेट टिमका लागि सन्दीप आशाका किरण हुन् । उनको खेल मैले पनि हेरिरहेको छु ।गत मेमा लर्डसमा सम्पन्न खेलमा विश्व–११ टिमका लागि छनोट हुँदा पनि मैले खुसी व्यक्त गरेको थिएँ ।उनी नयाँ पुस्ताका लागि प्रेरणाका श्रोत हुन्।

प्रतिक्रिया दिनुहोस्