Logo

चर्चित टेलिभिजन अभिनेत्रीको छतबाट खसेर ज्यान गयो , ६ महिने छोरी भइन टुहुरी !

छतबाट खसेर एक चर्चित टेलिभिजन अभिनेत्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा फिल्मकी चर्चित अभिनेत्री लक्ष्मीप्रिया बेहरा रहेकी छिन् ।भारतको ओडिया फिल्म क्षेत्रमा निकिता लक्ष्मीप्रिया नामबाट परिचित अभिनेत्रीको एक अस्पतालमा मृत्यु भएको हो। भारतीय मिडियाका अनुसार उनी शुक्रबार छतबाट खसेकी हुन् ।

छतबाट खसेर गम्भीर घाइते भएकी निकिता लक्ष्मीप्रियाको अस्पताल भर्ना गरिएको थियो।छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेकोले उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। उनले चोरी चोरी मन चोरी’, ‘मा रा पनाटकनी’ र ‘स्माइल प्लीज’ जस्ता फिल्ममा का गरेकी थिइन् ।निकिताको ६ महिने छोरी पनि छिन्।

प्रतिक्रिया दिनुहोस्