Logo

हात खुट्टा गुमाएका कृष्णको ‘राधा’ बनेर आईन रुकुमकी रुपा ! सबैलाइ प्रेरणा मिलोस सक्दो शेयर गरौ

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–९ सिम्लीका कृष्ण ओली विद्युत प्राविधिक हुन्। आफ्नो घर खर्च सञ्चालन गर्नको लागि प्राविधिकको रुपमा कार्यतर उनी विगत ७ महिनादेखी थला परेका छन्। कृष्णका अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ्य देखिन्छन्। तर उनी आफ्नो उपचारको लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा धाउने गरेका छन्। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्यो।

दाङ्को तुलसीपुर उपमहानगरपालिका–१४ बखरिया भन्ने ठाउँमा ग्राहकलाई विद्युतको लाइन प्रवाह गर्न पोलमा चढेको बेला करेन्ट लागेको उनि बताउँछन्। ‘एउटा पोलमा लाईन काटेर म लाइन विस्तार गर्नको लागि अर्को पोलमा चढेर करिब–करिब तार जोड्ने काम सकिएको थियो,’ कृष्णले भने,’ ‘लाइन काटिएको ठाउँमा एक जना स्थानीय मिल सञ्चालकले विद्युतको लाइन जोडिदिएछन् एक्कासी आएको ११ हजार भोल्टेजको करेन्टले मलाई बेहोस हुँदै जमिनमा पछारिदियो।’ उनलाई विद्युतको झड्काले जमिनमा पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो।

करेन्ट लागेर उनको शरिरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो। त्यहाँबाट उनलाई उपचारको लागि तत्काल नेपाजगन्ज लगिएपनि त्यहाँका कुनै पनि अस्पतालमा उपचार सम्भवन भएन्। त्यसपछि उनका आफ्न्तले कृष्णलाई भारतको लखनउमा पुर्याएका थिए। लखनउमा उनको १८ दिनसम्म उपचार भयो। त्यसपछि काठमाडौं ल्याएको थियो। लखनउमा ५० लाख र नेपालका विभिन्न अस्पतालमा गरेर २० लाख गरेर ७० लाख रुपैयाँ खर्च भएको कृष्णले बताए।

उनी सानै हुँदा बुवाआमाको मायाबाट अलग भएका थिए। कृष्णको बुबाले अर्की श्रीमती ल्याएर लामो समयदेखी भारतमा बस्दै आएका छन्, भने आमा पनि अर्कैसँग विवाह गरेर गएपछि उनी मामा घरकी हजुरआमासँग बस्दै आएका छन्। घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई अहिलेसम्म ६० लाख ऋण लागेको छ । आफ्नो उपचारको लागि अझै पनि ६० लाख रुपैयाँ चाहिने उनको भनाई छ।

कृष्णले एक वर्ष पहिले मात्र विवाह गरेका थिए। उनको त्यो घटना विवाह भएको ठिक वर्ष वितेको दिनमा भएको हो। अहिले कृष्ण आफ्नी पत्नी रुपाको सहायताले खाना खाने तथा शौच गर्दै आएका छन्। सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको दैनिकी जेठ महिलादेखी बेडमा सुस्ताएको छ। उनले आफ्ना हात र खुट्टा जोड्नको लागि सबैसँग सहयोग मागिरहेका छन्।

ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढेका कृष्णको सपना आफु विद्युत प्राविधिक बनेर पैसा कमाई पत्नी रुपालाई स्टापनर्स बनाउने थियो। ‘मेरो लागि नै उहाँले काम सुरु गर्नुभएको हो, मलाई स्टापनर्स बनाउको लागि आवश्यक पर्ने पैसा कमाउनको लागि एक महिना अघि मात्र काम सुरु गर्नुभएको थियो,’ रुपाले भनिन्, ‘तर हामीलाई भगवानले नै हाम्रो सपना पुरा हुन दिएनन्।’

‘ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भन्नुभएको छ तर आर्थिक अभावले गर्दा समस्या भएको छ,’ उनले थपिन, अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो तर मुश्किल छ।’ कृष्णको यस्तो अवस्थाको बारेमा रुपाका माइतीमा जानकारी पाएपछि उनलाई अब अरुसँग विवाह गर भन्दै दवाव समेत आउने गरेको उनले जनाइन्।

‘म कृष्णलाई अजम्बरी साथ दिने वाचा गरेर आएको हुँ,’ उनी भक्कानिदै भनिन्, ‘म उहाँलाई छोडेर कतै जान्न, उहाँलाई अब झन मेरो अवश्यकता छ’ गाउँलेहरुले गर्ने कुरा, माइतीबाट आउने दवाव र कृष्णको अवस्था सबैका सामुपनि रुपा जसोतसो सम्हालिने प्रयास गर्छीन्।

‘मिल्ने भए कृष्णलाई मेरै हात दिन्थेँ, पहिले उहाँले खुवाई दिनुहुन्थ्यो अहिले म खुवाई दिन्छु’ (सबैले शेयर गरौं)

असोज तिर हो घर विदामा गएको थिए । ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भयो । त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । यो कुरा मिडियामा लैजाउँ मनकारी नेपालीको कमि छैन ।

त्यस लगतै म कर्मथलो तिर फर्किए । रुपासँग त्यसबारेमा कुरा भईराख्यो । रुपा र कृष्णले जीवनदेखि हार मानिसकेका थिए । लाखौँको ऋणको भारी । न उपचार खर्च न जीन्दगीको कुनै गन्तब्य न आयश्रोत न आफन्त बाहिर जाति हाँसेपनि निरस थियो उनीहरुको जीवन ।

मैले भनेको थिएँ संसार हरेस खानेहरु, हार मान्नेहरुको होईन हिम्मत गर्नेहरुको हो । तिमीहरुको भावना दुनियाँले सुन्छ । साथ दिन्छ । मिडियामा जाउँ आफ्ना दुखहरु भन ।

त्यसैबिचमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यो विषयमा बिनय गरे । सर मेरो गाउँकै एकजना आफन्तको यस्तो हालत छ एउटा भिडियो बनाएर युट्युबमा राख्दिनु पर्यो । समाजसेवी भण्डारीले मेरो कुरा नकारेनन मेरो काम नै त्यहिँ हो सर म जान्छु भन्नुभयो । मेरो चाहना त्यति थियो रुपा र कृष्णको पिडा सबैले थाहा पाउन ।

तर आज कृष्ण र पुरा भन्दा पनि म धेरै खुशी छु । व्यक्त गर्ने शब्द छैनन । नेपालीको जस्तो ठुलो मन भएका मानीस संसारमा कहाँ भेटिएलान ?

‘तिमीलाई हड्डी खियाएरै भएपनि स्टाफ नर्स पढाउँछु’ २१ वर्षका कृष्णले पढाई सकेर काममा जाँदै गर्दा रुपासंग बाचा गरे, तर समयको नियति कृष्ण र रुपाको जीवनमा अर्कै थियो । श्रीमानको हौसला पछि रुपाको आत्मबल झन बढ्यो र बृज कोर्ष गर्न थालिन ।

‘जेठ २४ अर्थात हाम्रो म्यारिज एनिभर्सरी डे’ रुपाले सुनाईन, कस्तो मलाई यादै नभाको, उहाँले फोन गरेर मिठो-मिठो खाउ रमाईलो गर आज त हाम्रो म्यारीज एनिभर्सरी कृष्णको फोन आयो । अनि हामीले रमाईलो गर्यौँ । त्यसको अर्को दिन खै किन हो त्यो दिन अघिल्लो दिन अर्थात २४ गतेको जस्तो खुसी थिईन । अलि न्यास्रो लागेको थियो । खाना खाने मन थिएन साँझपख अलि ढिलोगरी सुनेको दुर्घटनाको खबरले म केहीबेर बेहोस भए । रात रोएरै बित्यो ।

उपचारका क्रममा अस्पतालमा श्रीमती रुपाका साथ कृष्ण

त्यस्ता कति दिन कति रात रोएर बिते रुपा र कृष्णका अनुमान छैन । रुपा आँखाभरी पारेर भन्छिन ‘मामाले आमालाई भन्नु भएछ भान्जीलाई फिर्ता ल्याउ, त्यो दुबै हात नभएकोले कसरी पाल्छ ? के खाएर बस्छे ? आफुँले माया गरेर बिहे गरेको मान्छेलाई कसरी छोड्न सकिन्छ र दाई ?’ रुपा डाको छोडेर रोईन ।

कृष्णा र रुपा

घरको कथा दुबैको उस्तै छ । दुबैका बुबा-आमा साथमा छैनन । दुबै माओलीमा हुर्केका । रुपाको अहिले यत्रतत्र प्रशंसा छ । २१ वर्षकी रुपाको परिपक्कता देखि दुनियाँले सलाम गर्छ ! ‘कृष्णलाई मेरो हात मिल्ने भए मेरै हात दिन्थें तर तिम्रो यति सानो हात कहाँ मिल्छ मेरो शारीरमा कृष्ण भन्नुहुन्छ’ रुपाले सुनाईनन ।

सुरु सुरुमा माया बस्दाका दिन सम्झिईन रुपाले पहिले-पहिले कृष्णले मलाई खुवाईदिनु हुन्थ्यो । अहिले म खुवाई दिन्छु, एकछिन छोड्न सक्दिन आमा जस्तै गरेर स्याहार गर्न मन लाग्छ । कृष्णको हात राख्दिन मन छ । भगवान जस्ता नेपालीहरुको हामी प्रतिको दया मायाले आजभोलि निकै हौसला र अझै खुसीले बाँच्ने केहि गर्ने हिम्मत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्