Logo

रामबहादुर बमजनको आश्रमः खाल्डो भित्रैबाट खुल्यो नयाँ रहस्य, डराएका आनीहरुले गरे खुलासा…(हेर्नुहोस् भिडियो)

राम बहादुर बमजनको सिन्धुपाल्चोकमा हरेको आश्रममा अस्वभाविक गतिबिधी भएको प्रहरीले आशंका गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकामा रहेको उनको आश्रममा भएका गतिबिधी अप्राकृतिक भएको प्रहरीले आशंका गरेको हो । प्रहरीले आश्रमबाट बरामद भएका बस्तु र त्यहाँको अवस्थामा अनुसन्धान गरिरहेको पनि बताएको छ ।

८० रोपनी क्षेत्रपलmलमा रहेको राम बहादुर बमजनको आश्रममा उत्खनन् गरी प्रहरीले केहि नुनका प्याकेट र आगोको कोईलाको नमुना लगेको छ । नमुनको परिक्षण गरेपछि थप रहस्य खुल्ने प्रहरीको भनाई छ । तर बमजनको आश्रममले सबै आरोप अस्वीकार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले राम बहादुर बमजन, उनको आश्रम र त्यहाँबाट प्रप्ता भएको तथ्यका बारेमा अनुसन्धान भईरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले अनुसन्धान गहिरो रुपमा हुने बताएका छन् ।

लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा थप चुलिंदै गएको छ । उनीमाथी बलात्कार जस्तो जघन्य आरोप लागेपछि उनको चर्चा थप चुलिंदै गएको हो । उनी आज भन्दा करिब १४ बर्ष अगाडी बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित भएका थिए ।

उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी हुन् । उनको आश्रममा बस्दै आएकी रौतहटकी गंगा मायाले राम बहादुर बमजनले यौन हिंसा गरेको आरोप लगाएकी छन् । उनी राम बहादुर बमजनकै आश्रममा बस्दै आएकी थिइन् ।

उनले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरी बमजनले आफुमाथी बलात्कार गरेको आरोप लगाएपछि बमजन आलोचित हुँदै गएका छन् । बमजनमाथी बलात्कार मात्रै नभएर हत्या, अकुत सम्पत्ति जम्मा गरेको र हातहतियार समेत राखेको आरोप लागि रहेको छ ।
उनको बाराको हलखोरिया मात्रै नभएर सिन्धुली सिन्धुपाल्चोक, सर्लाही लगायतका जिल्लामा पनि आश्रम रहेका छन् । सिन्धुपाल्चोकमा रहेको आश्रममा बस्दै आएका अनीहरुले पनि राम बहादुर बमजनको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनिहरुले अहिले सम्म राम बहादुर बमजनसँग प्रत्यक्ष कुराकानी नभएको बताएका छन् । ‘अहिले सम्म उहाँ (गुरु) सँग प्रत्यक्ष कुराकानी भएको छैन ।’ उनीहरुले भने, ‘बलात्कारको आरोप झुटो हो ।’ सिन्धुपाल्चोक जिल्ला घर भई हाल बमजनको आश्रममा बस्दै आएकी सुस्मी तामाङले बलात्कारको आरोप लागेकोमा खण्डन गरेकी छन् ।

त्यस्तै बिद्या लक्ष्मी तामाङले यसबारेमा आफुलाई केहि पनि थाहा नभएको बताईन् । ‘गुरुलाई बद्नाम गर्न यस्तो षड्यन्त्र रचिएको हो ।’ उनले भनिन्, ‘यसको पछाडी कुनै भक्तहरु लाग्न जरुरी छैन । त्यस्तै अर्की आनी अस्मीता तामाङले पनि बमजनमाथी लागेको बलात्कारको आरोपको खण्डन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्