Logo

केपी ओलीले टाउको काटेकै हुन् , वीराटनगरमा मलाई मार्न खोजिएकै हो,ओलीलाई कसरी ठिक पार्ने ? औषधी पनि छ…(हेर्नुहोस् भिडियो)

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् ।

‘मधेसी जनताले पटक पटक आवाज उठाएका छन् । संविधान संशोधन के हुन्छ ? सरकार यसरी कानमा तेल हालेर बस्ने हो भने अगाडिका ६ वटा संविधानजस्तै सातौं संविधानको पनि दुर्गति हुन्छ’ महतोले भने । ‘धैर्यको एउटा सीमा हुन्छ’ भन्दै नेता महतोले भने ‘धैर्यको बाँध टुट्यो भने मुलुकमा धेरै कुरा टुट्छ ।’ केपी ओलीले टाउको काटेकै हुन् , वीराटनगरमा मलाई मार्न खोजिएकै हो,ओलीलाई कसरी ठिक पार्ने ? औषधी पनि छ …हेर्नुहोस् भिडियो..

प्रतिक्रिया दिनुहोस्