Logo

बाबुले बस चलाउँदा किचिएर छाेराकाे मृत्यु

दमौली – तनहुँमा बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आज बिहान आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको हाे । ठक्कर दिने बस र साे चलाउने बाबु अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्