Logo

प्रचण्डले भने : कुनै जातीय भाषीले पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

धादिङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज) केन्द्रीय समितिले धादिङ बेँसीमा आयोजना गरेको (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, भेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गरे ।पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताए ।

उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा सहभागीलाई भेँडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो । ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्