Logo

काठमाडौमा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो , स्थिति तनावग्रस्त !

आज काठमाडौंमा नेपाल विद्यार्थी संघले नेविसंघ ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । आइतबार बिहान काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि प्रदर्शन गर्दै नेविसंघले प्रधानमन्त्री ओलीका पुत्ला दहन गरेका हुन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महराका अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला दहन गरेको हो ।प्रदर्शन गर्दै नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्