Logo

कांग्रेसको काम के हो ? राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित, ओली सरकार थप शक्तिसाली

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाबाट राष्ट्रियसभामा विधेयक पठाइएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको हो ।

अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक ऐन बनेर लागू हुनेछ । चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गराउन ढिला भइसकेको भन्दै थप छलफल गर्न समय नभएको बताए । उनले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा पर्याप्त छलफल भएको भन्दै पारित गर्नुपर्ने धारणा राखे ।

दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्