Logo

फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका युवकको करेन्ट लागेर मृत्यु !

थाइल्याण्डमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका एक युवकको करेन्ट लागेर मृत्यु भएको हो । थाइल्याण्डका २४ वर्षे क्रिस्टाडा नाम गरेका युववकको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।

जति बेला क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका थिए । चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे ।

युबकको कानमा इयरफोन भएको र करेन्ट लागेरै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको बताइएको छ । चोनबुरी प्रान्तको प्रहरीका अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो ।

प्रतिक्रिया दिनुहोस्