Logo

मेस्सीको अर्को ‘जित’,कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी , मेस्सीका रकम रोनाल्डोको भन्दा दोब्बर बढी

बार्सिलोनाका कप्तान मेस्सीले कमाइको मामलामा रोनाल्डोलाई उछिनेका छन् ।विश्वको उत्कृष्ट फुटबल खेलाडी समेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् ।कप्तान मेस्सीले पाउने यो रकम रोनाल्डोलाई युभेन्टसले दिने रकम भन्दा झण्डै दोब्बर रकम रहेको छ ।

फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको तलबमा मेस्सीले सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् भने रोनाल्डोलाई युभेन्टस्ले महिनाको चार दशमलब एक मिलियन पाउण्ड दिने गरेको छ ।त्यसैगरी तेस्रो स्थानमा एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान रहेका छन ।

ग्रिजम्यानले महिनाको दुई दशमलब नौ मिलियन पाउण्ड तलब पाउने गरेका छन ।यस्तै पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको दुई दशमलब सात मिलियन पाउण्ड पाउँछन् भने बार्सिलोनाका कै अर्का खेलाडी लुइस स्वारेजले महिनाको दुई दशलमब पाँच मिलियन पाउण्ड कमाउँछन् ।

प्रतिक्रिया दिनुहोस्