Logo

जस्तोसुकै भयानक जोर्नी दुखाईलाई पुर्णरुपमा निको पार्ने यो अचुक घरेलु औषधी ! जानीराखौँ

जोर्नी दुखाई एक साझा र पीडादायी समस्या हो । जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको जहाँ-जहाँ दुई हड्डी जोडिएको हुन्छ, त्यहाँ चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । आजकल वृद्धवृद्धालाई मात्र नभई जवान उमेरको मानिसहरुमा पनि यो समस्या बाक्लै देखिन्छ ।

अचेलका जवानहरुमा पनि बढी देखिने यो समस्या हुनुको अनेक कारणहरुमध्ये जेनेटिक्स, असन्तुलन खानपान र अस्तव्यस्त जीवन शैलीलाई पहिलो कारणका रपमा लिन सकिन्छ । एकपटक यो समस्याले सत्ताउन थालेपछि छुटकारा पाउन निकै मुस्किल हुन्छ । हामी यो बिमारीबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गर्ने गर्छौं ।

यस्तो दुखाई कम गर्ने औषधीले एकछिनको लागि त ठिक हुन्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन । यो समस्यालाई निको पार्न बाह्य औषधी उपचारका साथसाथै आन्तरिक उपचार गर्नु पनि जरुरी हुन्छ । जसले यस बिमारी बाट सधैँका लागि छुटकारा पाउन सकिन्छ ।

आज हामी जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन मद्धत गर्ने १०० प्रतिशत प्रभावकारी र अचुक घरेलु औषधीको बारेमा चर्चा गर्न गइरहेका छौँ । यसका लागि हामीलाई चाहिने सामग्रीहरु: कागतीको बोक्रा र ओलिव (जैतुन) ओइल ।

बनाउने विधि: सुरुमा दुई ओटा ठुलो कागती लिने । यदि कागती सानो छ भने ३-४ ओटा लिन सकिन्छ । अब यी कागतीको बोक्रा निकाल्ने । बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ । सबै कागतीको बोक्रा निकालिसकेपछी… सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)।

याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ । त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् । (यदि तपाइँ सँग घरमा सिसाको सानो जार छैन भने ढकन भएको अन्य सिसाको बट्टा,कप अथवा भाँडामा राख्न सकिनेछ) । यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने विधि : यो औषधीमा गज या कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।

कागतीको बोक्रामा केहि शक्तिशाली एन्टीसेप्टिक र एन्टी-इन्फ्लामेटरी प्रोपर्टीज् हुन्छ । हामीले कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ ।

यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ । साथै रक्तनालीको लागि पनि फाइदा पुरयाउँछ ।

प्रतिक्रिया दिनुहोस्