Logo

यी हुन् ५० वर्ष पार गरिसकेका तर अहिले पनि जवान देखिने १३ बलिउड नायक/नायिकाहरु !

आज हामीले आफ्नो जीवनको ५० औं बसन्त पार गरिसकेका तर अहिले पनि जवान र फिट देखिने केहि बलिउड कलाकारहरुका बारेमा रिपोर्ट तयार परेका छौँ ।

एक आम मानिस ४० वर्ष कटिसकेपछि बुढो देखिन थाल्छ। उसको अनुहार चाउरिन थाल्छ तर, यस्ता थुप्रै सेलिब्रेटीहरु छन् जो ५०/६० वर्षको उमेरमा पनि जवान र फिट देखिन्छन्। अनिल कपुरलाई देखेर कसले भन्छ उनी ६० वर्ष पुगेका एक वृद्ध हुन् भनेर, उनलाई देख्दा हर कोहिले पनि उनको उमेर भन्दा कम्तिमा २० वर्ष कम नै होला भन्ने अनुमान गर्छ।

नियमित ब्यायाम, खानपान र स्वस्थ जीवनयापले नै उनीहरु धेरै फुर्तिला र फिट देखिने गर्छन। अनिल कपुर मात्र हैन बलिउड होस् या कलिउडमा यस्ता धेरै कलाकारहरु छन् जो आफ्नो ५० औँ वर्ष पार गर्दा पनि जवान र फिट देखिन्छन्।

सलमान खान

बलिउडका दबंग सलमान खानले अहिले आफ्नो जीवनको ५२ औँ बसन्त पर गरेर ५३ औं बसन्तमा पाईला टेकेका छन्। तर, उनलाई देखेर लाग्छ, उनलाई उमेरले कुनै फरक पार्दैन। उनका लागि उमेर मात्र परिवर्तन हुने नम्बर मात्र हो।

आमिर खान

मिस्टर परफेक्‍शनिस्ट आमिर खानले ५२ औँ बसन्त पार गरिसकेका छन्। उनलाई हेर्दा लाग्छ उनले लगातार आफ्नो उमेरलाई पछाडि धकेल्दै जवान बनिरहेका छन्।

मिलिंद सोमन

मोडल तथा अभिनेता मिलिंद सोमनको ‘मेड इन इंडिया’ म्यूजिक भिडियोले एक पटक पुरै भारतमा तहल्का पिटेको थियो। उनको फिट बडी र परफेक्ट फिगरको कारण भारतकै पहिलो सुपर मोडल मान्ने गरिन्छ । सोमन ५३ वर्षका भैसकेका छन्।

माधुरी दीक्षित

धकधक गर्ल माधुरी दीक्षितले पनि भर्खरै आफ्नो ५१ औँ वसन्तमा पाईला टेकेकी छन् । तर, ५० वर्ष पार गरिसकेकी उनका तस्विरहरु आज हेर्दा पनि ३० वर्षकी एक जवान युवतीको जस्तो लाग्छ।

अक्षय कुमार

खिलाड़ी कुमार यानि अक्षय कुमारलाई देखेर लाग्छ उनले आफ्नो उमेर रोक्ने कुनै वरदान प्राप्त गरेका छन्। अहिले ५१ वर्षको हुँदा पनि उनी बलिउडमा इन्ट्री गर्दाकै जस्तो जवान देखिन्छन्।

रेखा

सदाबहार रेखा ६३ वर्ष पार गरिसकेकी अभिनेत्री हुन्। उनलाई देखेर मानिसहरु अहिले पनि मोहित हुन्छन्, की यो उमेरमा पनि मानिस कसरी यति सुन्दर र फिट हुन सक्छ भनेर ।

शाहरुख खान

बलिउडका बादशाह शाहरुख खान ५२ वर्षका पुगे। तर, उनलाई देख्दा लाग्छ अहिले पनि उनी ३० वर्षकै उमेरमा छन्। उनी अहिले पनि ३०/३२ वर्षका अभिनेताहरुलाई टक्कर दिने ल्याकत अहिले पनि राख्छन् ।

हेमा मालिनी

बलिउडकी ड्रमा गर्ल ६९ वर्षको उमेरमा पनि जत्तिको जवान देखिन्छिन्, शायद पुरै भारतमा समेत कुनै पनि महिला उनको उमेरमा यत्तिको फिट अहिले सम्म कोहि थियो होला ।

सनी देओल

बलिउड स्टार सनी देवल ६१ वर्षका भैसकेका छन्। उनी अहिले पनि पुन: बलिउड फिल्ममा जोडदार रुपमा आउने तयारीमा छन्। यो उमेरमा पनि उनको गजबको फिटनेस मेन्टेन रहेको छ ।

जया प्रदा

बलिउडकी भेटरन अभिनेत्री एवम् नेत्री जया प्रदा अहिले पनि जवान देखिन्छिन्। ५५ वर्षकी उनी कुनै हिरोयन भन्दा कम देखिदैनिन् ।

सुनील शेट्टी

बलिउडमा अन्नाको नामले परिचित नायक सुनील शेट्टी उम्रले ५७ वर्षका भैसकेका छन्। तर, उनी फिटनेसका हिसावले अहिले पनि जवानदेखिन्छन्।

संजय दत्त

आधा शतक उमेर पार गर्दा पनि अजहै निकै योङ्ग र इनर्जेटिक देखिन्छन् अर्का बलिउड नायक संजय दत्त पनि। जेल सजाय भुगेर बाहिर निस्केका संजय आजभोली अज धेरै चुस्त दुरुस्त देखिन्छन्। ५८ वर्षको उमेरमा पनि उनी फेरी कुनै फिल्ममा हिरो कै भूमिकामा देखिँदा पनि सुहाउने उनका सुभचिन्तक बताउछन् ।

प्रतिक्रिया दिनुहोस्