Logo

अब जुत्ता नलगाएर सवारी साधान चलाउने चालकहरुलाई कारबाही गरिने

सल्यान – सल्यानमा गाडि चलाउने चालकहरुलाइ नया नियम लागु गरिएको छ । दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जुत्ता लगाएर गाडि चलाउन चालकहरुलाई आग्रह गरिएको हो । चप्पल लगाएर गाडी चलाउदा खुट्टाको पैतला चिप्लने र भनेको समयमा गाडीको ब्रेक लगाउन गाह्रो हुने भन्दै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जुत्ता नलगाएर सवारी साधान चलाउने चालकहरुलाई कारबाही गर्न थालिएको हो । ट्राफिक प्रहरी सल्यानका अनुसार जुनसुकै सवारीसाधन चलाउदा पनि अनिबार्य जुत्ता लगाएर चलाउन अग्रह गरिएकोजनाएको छ ।

जिल्लामा सबैखाले दुर्घटना कम गर्ने उदेश्यले यस्तो कार्यको थालनी गरिएको ट्राफिक प्रहरी जवान खेम केसीले बताए । ट्राफिक प्रहरी जवान खेम केसीका अनुसार बिशेष गरी सदमुकाम खलंगा–श्रनिगर रुडमा चल्ने सवारी साधनका चालकहरुलाई सचेत बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्