Logo

थाहा पाउनुहोस्, आजको सुनको मुल्य

आज शुक्रबार सुनको मुल्य तोलामा ४ सय रुपैयाले बढेको छ ।हिजो प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज चार सयले बढेर ६२ हजार १ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन। आज प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्