Logo

एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग

एजेन्सी – भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।

भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।

भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्।

यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।

अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ।

यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।

शिव मन्दिरमा भेटियो अनौठो चमत्कारीक सर्प ! हेर्ने मानिसको घुइंचो तपाई पनि एक पटक अबस्य हेर्नुहोला, र एक सेयर गर्नुहोला ।

भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात् शिव मन्दिरमा केहि दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ ।

गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो । उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठी कोट्याए तर सर्प टसमस पनि नगरे पछि उक्त सर्पलाई पुजारीले शिवको मन्दिरमा ल्याएर राखेका थिए ।

करिब १ मिटर लामो र कालो खैरो रङ्गको रहेको उक्त सर्प अहिले सम्म पनि मन्दिरमा नै बसी रहेको देख्दा सर्प हेर्न जाने जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । सर्पलाई सबैले नजिकैबाट पुजा आजा गर्दा र छुँदा समेत कसैलाई पनि नडस्ने र दुध खाई मन्दिरमै बसी रहेको देख्न सकिन्छ ।

नागले साँझ र विहान गाईको दुध पिई मन्दिरमै बस्ने गरेको मन्दिरका पुजारी आनाराम पण्डितले जानकारी दिए । यो मन्दिरको पुजारी भएको आज करिब १५–२० वर्ष भयो, उमेरले पनि म ७० वर्षको भई सकेँ तर यस्तो अच्चमको नाग देखेको थिएन पण्डितले बताए । मान्छेलाई देख्दो छुँदा समेत केहि नगर्ने र दिन रात मन्दिरमै बसीरहने यस्तो अच्चमको सर्प जीवनमा पहिलो पटक देखेँ ।

पक्कै पनि यो कुनै दैव अवतार होला उनले भने । मैले सपनाहरुमा त नागको दर्शन पाउथेँ तर आज साक्षात् रुपमै नागदेवताको दर्शन पाएँ । उनले हर्षित मुद्रामा भने अब त स्वर्ग जान पाउने भएँ ।

प्रतिक्रिया दिनुहोस्