Logo

हेलिकोप्टर दुर्घटना अपडेट : अहिले पनि धुँवा आइरहेको छ !

ताप्जेलुङमा पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्