Logo

हेलिकोप्टर दुर्घटनामा ७ जनाकै निधन, हेलिकोप्टरमा यी व्यक्तिहरु सवार थिए ?

बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।

हेलिकप्टरमा दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी संगै ज्यान गुमाउनेहरुमा आङछिरिङ शेर्पा(अध्यक्ष यति एयरलाइन्स),वीरेन्द्रप्रसाद श्रेष्ठ(उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण),अर्जुनकुमार घिमिरे(मन्त्री अधिकारीका पिएसो),युवराज दाहाल(प्रधानमन्त्री कार्यालयका सल्लाहकार),धुब्रदास भोछिभया(इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण),प्रभाकर केसी(हेलिकप्टर क्याप्टेन) रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्