Logo

अस्ट्रेलियामा एक नेपालीको मृत्यु: रिप लेखेर श्रद्धान्जली दिनुस !

काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ ।

काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो ।

करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्