Logo

यी युवकको कम्पनी सहकर्मीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी मृत्यु ! रिप लेखेर हार्दिक श्रदान्जली व्यक्त गर्नुहोला

दक्षिण कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । उदयपुरका भुपाल राईको बेलुकी साथीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उपचारकाे लागी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याईसके पश्चात लगत्तै अस्पतालले मृत्यु घोषणा गरेको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

कोरियाको ह्वासाङ्गको एक मोटर पार्टस कम्पनिमा काम गर्दै आएका राई शनिवार बेलुकी कम्पनी सहकर्मीहरु संगै खानाखाने क्रममा एक्कासी ढलेपछी उत्त घटना भयको थियो । उनी ८ बर्षअघि मात्र भाषा परीक्षा पास गरी कोरिया आएका थिए । मृतक राईको घटनाको बारेमा नेपालमा बस्नुहुने परिवार तथा कोरियामा हुने आफन्तहरुलाई सुचना गराईसकियको बास्तोलाले जानाकारी दिए ।

साथै मृतक राई विवाहित रहेको र २ जना छोराछोरी पनि रहेको सँगै कामगर्ने सहकर्मीले जनाए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको बृस्तित कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्