Logo

जान्नुहोस : यसरी घरेलु विधिद्वारा घटाउनुस् पेटको बोसो ! पढेर अवस्य शेयर गर्नुहोला

पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण मानिसहरू पेटमा बोसो भरिएर हैरान भएका छन् । बोसोयुक्त लम्बोदर भूँडी अस्वस्थ जीवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो ।

बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम समेत बढाउँछ । भुँडी घटाउने सरल घरेलु उपाय निम्न छन् ।

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. फाइबरको सेवन गर्नुहोस्
घुलनशील फाइबर तोल कम गर्नका लागि निकै राम्रो माध्यम हो । यसले आन्द्रालाई स्वस्थ राख्छ । अध्ययन अनुसार यस्तो प्रकारको फाइबरले तपाईंलाई पेट भरिएको महसुस गराएर तपाईंको तौल घटनाउन सहयोग गर्छ । फाइबरले तपाईंको शरिरको भोजनबाट अवशोषित क्यालोरीको संख्या कम गर्ने गर्छ ।

३. खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला )

४. जुसको साटो फलफूल खानुहोस्
यद्यपी, फलको रस भिटामिन र खनिज प्रदान गर्छ तर यसले शरिरमा सोडा र सुगरको मात्रा पनि बढाउने गर्छ । अत्यधिक मात्रामा फलफूलको जुस सेवन गर्दा यसको बोसो बढाउँछ । यसको साटो दैनिक तपाईं विभिन्न प्रकारको फलको सेवन गर्न सक्नुहुन्छ ।

५. गुलियोबाट टाढा रहनुहोस्
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

६. पानी धेरै पिउनुहोस्
पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायीक हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

७. एरोबिक व्यायाम गर्नुहोस्
एरोबिक व्यायाम (कार्डियो) ले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउन र क्यालोरी घटाउने एक प्रभावकारी तरिका हो । अध्ययनका अनुसार एरोबिक व्यायामले पेटको बोसोलाई कम गर्नका लागि व्यायामको सबैभन्दा प्रभावकारी रुप मध्येको एक हो ।

८. काँचो लसुन खानुहोस्
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

९. तनाव कम गर्नुहोस्
यो तौल घटाउने एक सजिलो तरिका हो । निन्द्रा एक महत्वपूर्ण कारक हो जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ । उचित निन्द्राबाट वञ्चित हुँदा तपाईंको मेटाबोलिजम स्लो हुने गर्छ । त्यसकारण तपाईं असामयिक स्न्याक्स खाने गर्नुहुन्छ । किनभने यसले तपाईंको शरिरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को मर्मत र पुनर्स्थापित गर्ने समय पाउँछ । हुन त निन्द्राको कमीले तपाईंको तौल बढाउने गर्छ भने धेरै सुत्दा पनि तपाईंको मेटाबोलिजमलाई स्लो गरेर तपाईंको तौल बढ्ने गर्छ ।

१०. मद्यपान
मद्यपानको सेवन नगरेकै राम्रो । यदि तपाईं अत्यधिक पिउनुहुन्छ भने यसले गम्भीर रुपमा स्वास्थ्यलाई क्षती पुर्याउँछ । अनुसन्धानबाट पुष्टि भएको छ कि अत्यधिक रक्सीले तपाईंको पेटको बोसोलाई बढाउने काम गर्छ ।

११. धेरै सागसब्जी खानुहोस्
खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

१२. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

१३. बदामको प्रयोग गर्नुहोस्
बदाममा भिटामिन(इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

१४. मांसाहारबाट टाढै रहनुहोस्
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्