Logo

ओली सरकारलाई सांसद्ले साधे, “आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ?”

राष्ट्रिय सभाका सांसद सांसद रामनारायण विडारी आज गाडी किन बन्द भयो, विद्यार्थीहरु किन विद्यालय गएनन् भनेर प्रश्न गरेका छन् । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा बोल्दै सांसद विडारीले सवारी साधन, पसलहरु, विद्यालय नचलेको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

‘त्यो गाडी किन बन्द भयो ? आज मोटर किन चलेनन् ?’ विडारीले संसदमा सोधे,‘आज प्रायजसो पसल किन बन्द भयो ? विद्यालयका नानीहरु खेलेर बसे, किन विद्यालय गएनन् ?’ सरकारी गाडी चढेर हिँड्नेले नदेखेपनि सोझो हिँड्नेले सबै कुरा प्रस्ट देखेको सांसद विडारीले बताए ।

‘सारा कर्मचारी हस्याङफस्याङ गर्दै दौडेर आइरहेका रहेछन् । सरकारी गाडी चढेर हिँड्नेले त नदेख्न सक्छ’ सांसद विडारीले भने,‘ सोझै हिँड्नेले त भयंकर कुरा देख्यो नि ! संविधान जारी भएपछि पहिपटक देखियो ।’

‘यातायात मन्त्रीले कतै सर्कुलर पो गरेछन् कि ? आज गाडी नचलाउनु भनेर’ सांसद विडारीले भने‘मन्त्रीहरु निर्देशन जारी गर्न माहिर छन् किनकी निर्देशिका माग्यौ भने टेबुलभरी निर्देशिका पठाइदिन्छन् ।’

सरकारले यो कुरालाई राम्ररी मनन गर्नुपर्ने उनको भनाइ छ । सरकार बाहेक अरु कसैले पनि निर्देशन र सर्कुलर जारी गर्न नसक्ने भन्दै सांसद विडारीले बन्द गर्न कसले सर्कुलर जारी गरेको हो भन्दै प्रश्न गरे ।

‘आगो, शत्रु रोगलाई सानो नठान्नु यो बेलैमा समाधान गर्नु’ यो परमवाणी पहिला देखि चलिआएको भन्दै सांसद विडारीले समस्याको बेलैमा समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्