Logo

नेपालमा पाइने यो अचम्मको फूल किन नयाँ वर्षको दिन मात्र फूल्छ ? यस्तो छ रहस्य

यो संसारमा विभिन्न प्रकारका अनौठा किसिमका फूलहरु पाइन्छ । जसको आ आफ्नै फरक विशेषताहरु रहेको हुन्छ । आज हामी तपाईलाई त्यस्तै एक अचम्मको फूलको बारेमा कुरा गदै छौ । जुन नयाँ वर्षको दिन (वैशाख १ गते) मात्र फूल्छ र वेलुका झर्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । हेर्नुस्

फुल नेपालको प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा पाइन्छ । यहाँ हरेक नयाँ वर्षको दिन (वैशाख १ गते) विहान फूल्छ र साझपख झर्छ ।

त्यसैले यहाँ नयाँ वर्षको दिन उक्त फूल हेर्नको लागी नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट पनि लाखौको सङख्यामा मानिसहरु आउँछन् । स्थानीयको अनुसार यो फूलको सम्बन्ध दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तराष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको बताइन्छ ।

सलहेश को थिए ?
लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । तर पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेकी थिइन् । त्यसपछि उनलाई धेरै मन पराउने उनकी साथी मालिनीले सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।

र उनले राजा सलहेशसँग विवाह गर्न नपाउदा तिम्रो प्रतिक्षामा नयाँ वर्षको दिन आउने भनेपछि यहाँ फूल फूल्न सुरु गरेको किंवदन्ती भनाई छ । त्यसैले यो दिन हरेक जोडी आफ्नो प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्तीको कारण त्यहाँ जान्छन् । त्यसैले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्