Logo

ईपीएस शाखाले १२ हजार मात्र निवेदन लिने, ईपीएस शाखाले कामदार छनोटका लागि चैत ८ गतेबाट आवेदन खोल्दै

रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया जाने कामदारको भाषा परीक्षाको लागि आगामी चैत्र ८ देखि आवेदन खुल्ने भएको छ । १७ गतेसम्मका लागि आवेदनको समय छुट्याईएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा दिन ईच्छुकले शाखाको आधिकारिक वेभसाईटबाट आवेदन दिन सक्ने शाखाले जनाएको छ । काठमाडौं र पोखरामा भाषा परीक्षा लिने तयारी गरेको शाखाले पोखराको हकमा भने १२ हजार जनाको मात्र आवेदन लिने जनाएको छ । कोरियाले यसवर्ष अन्य वर्षको भन्दा बढी अर्थात १० हजार ५० कामदार लैजाने जनाईसकेको छ ।

भाषा परीक्षा काठमाडौं र पोखरामा जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशन हुनेछ । कोरियाले उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने जनाएको छ । ईपीएस शाखाले कामदार छनोटका लागि चैत ८ गतेबाट आवेदन खोल्दै रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया जाने कामदारको भाषा परीक्षाको लागि चैत्र ८ देखि आवेदन खुल्ने भएको छ । १७ गतेसम्मका लागि आवेदनको समय छुट्याईएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परिक्षा दिन ईच्छुकले शाखाको आधिकारिक वेभसाईटबाट आबेदन दिन सक्ने शाखाले जनाएको छ । भाषा परीक्षा उर्तीण हुनेले दोस्रोे चरणमा स्किल टेष्ट पास गरेपछि मात्र रोजगार आवेदन फारम भर्न पाउनेछन् । भाषा परीक्षामा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका ब्यक्तिले सहभागी हुन पाउने शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्