Logo

भोट माग्दा जनतासँग गरेको बाचा पुर गर्दै सांसद् यादव, के के गर्दैछन् उनि ?

संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले चुनाव ताका जनता संग गरिएको विकाश निर्माण लगाएत समाजीक कार्यमा सक्रिय भएर सहयोग गर्ने गरिएका बाचाहरु पुरा गरि रहेका छन ।

सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत आज वीरगंज महानगरपालीका पडा नम्बर १६ नगवामा निर्माण हुन लागेको विवाह भवन तथा नगवा प्रवेश द्वारको रुपमा निर्माण गर्न लागीएको शहिद गेटको सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको हो ।

मधेश आन्दोलनको केन्द्रको रुपमा रहेको नगवा चौकमा प्रवेश द्वारको रुपमा शहिद गेट निर्माण गर्दा एउटा ऐतिहासीक मधेश आन्दोलनको यादगारको रुपमा रहने बताउदै सांसद यादवले मधेश आन्दोलनमा शहिद भएकाहरु प्रति पनि सच्चा श्रद्धान्जली अर्पण हुने विश्वास व्यक्त गर्नु भयो ।

आफुले जनता संग गरिएको बाचा अनुसार नै अहिले आफनो निर्वाचन क्षेत्रको हरेक गाउमा आधुनिक विवाह भवनको निर्माण कार्य लाई निरन्तरता दिइरहेकोमा खुशी समेत व्यक्त गर्नु भयो । पर्सालाई विकाशको माध्यमले एउटा नमुना जिल्लाको रुपमा विकाश गर्ने समेत लक्ष्य लिएर काम गरि रहेको बताउनु भयो ।

सांसद प्रदिप यादवको संसदीय विकाश पुर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको हो । विवाह भवन शिलान्यास कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,वडा अध्यक्ष राधेश्याम चौरसीया लगाएत संघिय समाजवादी फेरम नेपालका नेता,कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनिय उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्