Logo

विमान दुर्घटनामा मरेका मृतकका आफन्तलाई माटो र खरानी दिइने

केही समय अगाडी इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा एक नेपालीसहित १५७ जनाको ज्यान गयो । आडीस अबाबाबाट नैरोबी आउदै गरेको सो विमान उडेको केही समयमा नै दुर्घटनामा परेको थियो ।

इथियोपियन एयरलाइन्सले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको छ ।

मृतकहरुको शवको पहिचान गर्न केही समय लाग्ने भएपछि मृतकका परिवारलाई यस्तो प्रस्ताव गरेको हो । सोही कारण दुर्घटनास्थलबाट माटो तथा खरानी संकलन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतकका शरीरका अंगको पहिचान गर्न ६ महिनासम्म लाग्ने बताइएको छ ।

सोही कारण एयरलाइन्सले दुर्घटनास्थलको माटो र खरानी दिने भएको हो । सो दुर्घटनामा गोरखाकी एकता अधिकारीको पनि ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्