Logo

दुखद खबर : मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु,रिप लेखि शेयर गर्नुहोला !

मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सितगंगा–३ ठाडा बजारटोलाका ३२ वर्षीय नन्दकुमार श्रेष्ठ रहेका छन् । पृथ्वी राजमार्गबाट दमौलीतर्फ आउँदै गरेको ना ४७ प ५५१४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७१० नम्बरको कन्टेनर मिनीट्रकले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठलाई तनहुँ जिल्लाको सुक्लागण्डकी नगरपालिका–२ हलेदीमा ठक्कर दिएको हो । दुर्घटनापछि उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्