Logo

एम्बाप्पेको कार्यक्रममा फ्रान्स पुगेका पेले भए अस्पताल भर्ना !

ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । ७८ वर्षीय पेलेलाई युरिनरी इन्फेक्सन भएपछि बुधबार अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार पेलेलाई फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको छ । उनी फ्रान्सेली युवा स्टार खेलाडी किलियन एम्बाप्पेको एक कार्यक्रममा सहभागि हुन फ्रान्स पुगेका थिए । पेले अबको दुई दिन भित्रमा अस्पतालबाट डिस्चार्ज हुने पेलेको प्रवक्तालाई उदृत गर्दै सिएनएनले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्