Logo

आज नेपाल र भारत महिला ओलम्पिक फुटबल छनोटमा भिड्दै !

ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज (शनिबार) भारतसँग भिड्दै छन् ।नेपाल भारतमाथि जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा भारतले ईण्डोनेसियालाई २–० ले पराजित गरेको थियो । तर नेपाल भने आयोजक टोली म्यानमारसँग टोलीसँग ३-१ले पराजित भएको थियो ।

म्यानमा जारी खेलमा आज हुने नेपाल भारतबीचको प्रतिस्पर्धा म्यानमारको मण्दला थिरी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ५ बजे हुनेछ ।नेपाली महिला टोलीले समुहचरणको अन्तिम खेलमा मंगलबार ईण्डोनेसीयासँग खेल्ने छ ।

पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरण खेलेको नेपालले आजको खेल जिते तेस्रो चरणमा प्रवेश गर्नेछ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्