Logo

बधाई ! मलेसिया विरुद्ध नेपालको शानदार जित,एक लाईक र शेयर अवस्य गर्नुहोला

आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसिया विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो ।

९३ रनको लक्ष्य पाएको नेपालले मात्र १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाललाई जित दिलाउन रित गौतमले नटआउट ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिएका थिए । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् । त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्