Logo

राष्ट्रपतिबाट आफु सम्मानित भएपछि माग्ने बुढाले लेखे मन छुने स्टाटस !

आइतबार राष्ट्रपति निवास शितल निवासमा विशेष चहल पहल थियो। सरकारले विभिन्न क्षेत्रमा व्यक्तिलाई विभिन्न पदकले सम्मान गर्ने निर्णय गरे अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्ति मध्य केदार घिमिरे अर्थात माग्ने बुढालाई पनि सम्मान गरेकी थिइन् ।

आफु सम्मानित भएपछि माग्ने बुढाले मन छुने स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘सधैं यस्तै अलिकति निहुरिन पाउँ। छाती तन्काएर कसैका सामु घमण्ड नगरौं। सानो भइयो भने जता पनि अटाइन्छ, ठूलो हुँदा कतै अटाइँदैन। त्यसेले सधैं सानै हुन पाउँ। हँसाइरहन पाउँ। ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’

घिमिरेले लामो स्टाटस लेखेर आफू सम्मानित भएको फोटो पनि पोस्ट गरेका छन्। सो कार्यक्रममा विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्