Logo

सुत्ने बेला पाथीभरा मातालाई एक सेयर गर्दै भेटी चढाएर दर्शन गर्नुहोस्, तपाईंको मनोकामना पूरा हुनेछ ।

सहरको व्यस्त र उकुस–मुकुस जीवनबाट उन्मुक्ति लिन तपाईं कतै जाने तयारी गर्दै हुनुहुन्छ ? यदि, त्यस्तो हो भने ताप्लेजुङको पाथीभरा धाम तपाईंको उपयुक्त गन्तव्य हुन सक्छ ।

पहिलो घाम झुल्किने जिल्लाका रूपमा परिचित पूर्वीनेपालको पर्यटकीय एवं धार्मिक आस्थाकी धरोहर पाथीभरादेवी नेपालका साक्षात् शक्तिपीठमध्ये एक हो ।

छिमेकी मुलुक चीन र भारत दुवै देशसँग सिमाना जोडिएको यो देवीको मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ । हिन्दूहरूको महान् पर्व बडादसैँमा आºनो मनोकांक्षा पूरा गर्ने शक्तिपीठका रूपमा पूजा गर्न देशभित्रका काठमाडौं, विराटनगर, पोखरा तथा भारतलगायत तेस्रो मुलुकका पर्यटकसमेत यहाँ आउने गर्छन् । पदयात्रा र प्राकृतिक सौन्दर्यको माज्जा लुट्न चाहनेका लागि सुरक्षित र आरामदायी हुनेछ, यो क्षेत्र ।

धार्मिक विशेषता : यो देवीलाई पूर्वको साक्षात् देवीका रूपमा पूजा आराधना गरिन्छ । यसको अवस्थिति अन्न भरेको पाथीझैँ सुन्दर र मनमोहक आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन छ । देवीको उत्पत्तिसम्बन्धी किम्वदन्तीअनुसार भेडीगोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडा हराएकाले उनी चिन्तित भएका थिए । राति देवीले आत्माबोध गराउँदै भेडाको बलिसहित पूजा अर्चना गर्ने निर्देशन भएपछि उनले सोहीअनुसार गरे । त्यसपछि हराएका सबै भेडा पाएको किम्वदन्ती छ । त्यही समयदेखि यस देवीलाई साक्षात् देवीका रूपमा पूजा–अर्चना गर्ने प्रचलन स्थापित भएको धार्मिक विश्वास छ । ‘मनोकांक्षा पूरा गराउने’ विश्वासले नै यहाँ नौरथा सुरु भएपछि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । तर गर्भवती र महिनावारी भएकी महिला र मनमा पाप, लोभ बोकेका मानिस गएमा अशुभ हुने जनविश्वास छ । यहाँ पशुबलि अनिवार्य नभए पनि दर्शनार्थीले बलि चढाउन सक्छन् ।

प्राकृतिक सौन्दर्य र अवलोकनीय स्थल : यो क्षेत्रको यात्रा गर्नु विश्वकै अद्वितीय प्राकृतिक सौन्दर्य, दुर्लभ जीवजन्तु तथा वनस्पतिको बेजोड संगमस्थलको भ्रमण गर्नुसरह हो । देवी धेरै उचाइमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमशृंखला, कुम्भकर्ण, मकालु, काङवाचेन, लोत्से हिमालको दृश्यावलोकन ऐनामा हेरेझैँ देखिन्छ । यसबाहेक राष्ट्रिय पक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुरलगायत दुई सयभन्दा बढी प्रजातिका चरा, एक सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, विश्वकै दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जंगली जनावर पाइन्छन् ।

पाँचऔँले, कुड्की, जटामसी, चिराइतोजस्ता ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटीको अर्को भण्डारसमेत हो, यो क्षेत्र । अस्ताउँदो घामको दृश्यावलोकनका साथै जैविक विविधता अनुसन्धाताका लागि भने प्राकृतिक संग्रहालय नै माने हुन्छ, यो क्षेत्रलाई ।

यात्रा सुरक्षण : पाथीभरा निकै उचाइमा (३७९४) रहेकाले यहाँ तापमान हमेसा शून्य डिग्रीको हाराहारीमा हुने गर्छ । यो भेगमा यात्रा गर्दा लेक लाग्ने सम्भावना बढी नै हुन्छ । यसबाट जोगिन घरेलु उपचारको सामग्री भुटेको मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडा बोक्नु उपयुक्त हुन्छ । तर, कहिलेकाहीँ टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु पर्दैन । विभिन्न हिमाली फूलका वासनाले पनि यस्तो समस्या आउन सक्छ ।

आवश्यक सामग्री

क्यामेरा (मुवी, डिजिटल), मोबाइल, सिटामोल, डिकोल्ड, उकालोको सहयोगी लौरो

हवाई मार्ग
काठमाडौंदेखि ताप्लेजुङ (चार्टर उडान)
विराटनगर–ताप्लेजुङ–सुकेटार नेपाल वायुसेवा निगमको नियमित उडान
विर्तामोड–ताप्लेजुङ हेलिकोप्टर सेवा (दोहोरो भाडा ४० हजार)

सडक मार्ग (२३७ किमि)
विर्तामोड इलाम, फिदिम हुँदै ताप्लेजुङ बस तथा जिप सेवा (६ सय रुपियाँ)

पैदल मार्ग
धरान, धनकुटा, वसन्तपुर, गुफापोखरी हुँदै ताप्लेजुङ २ दिन

ताप्लेजुङदेखि पाथीभरा
ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेपछि तपाईंको पैदल यात्रा सुरु हुन्छ । करिब एक घन्टा सामान्य उकालो हिँडेपछि सुकेटार विमानस्थल पुगिन्छ । हवाईयात्रीको यहीँबाट पैदलयात्रा सुरु हुन्छ । सुकेटारबाट देउराली, भालुगौंडे, फेदी, हुँदै आरामले हि“ड्दा पनि पाँच घन्टामा पाथीभरा धाम पुग्न सकिन्छ ।

वासको प्रबन्धः फुङलिङ, सुकेटार, देउराली फेदीलगायत स्थानमा सादा खाना छाकको ७० तथा मासुभातको १२० देखि १५० सम्म र लजका लागि ३० देखि १०० रुपियाँसम्ममा पाइन्छ । खाना तथा पेय पदार्थ भने तपाईंको रोजाइअनुसार पाउनुहुनेछ । साथै, याक चौंरी, गाई, भैंसी र भेडाको दही घ्यूलगायत परिकारको स्वाद चाख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्