Logo

जिस्म २ को पहिलो गीत सार्वजनिक !

चलचित्र “जिस्म” को सिक्वेल “जिस्म २”को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको गीतमा ग्ल्यामरलाई देखाएको छ । चलचित्र”जिस्म”को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लिएर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो । “जिस्म २”लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् ।

राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशकलाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन् भने चलचित्रमा अनिल राइको नृत्य, बिनोद बमको सम्पादन योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरिले बताए । त्यसैगरी चलचित्र यही असार ६ गते नेपालभर प्रदर्शन हुनेछ । भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्