Logo

प्रचण्डले विप्लवलाई बम पड्काएर आउँदैन परिवर्तन भनेपछि रेखा थापाले दिइन् प्रचण्डलाई दनक : ‘आफूले चै परेवा उडाएका थियौ र ?’ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईतबार एक कार्यक्रममा विप्लवले बम पड्काएर परिवर्तन आउँछ भन्नु भ्रम भएको अभिव्यक्ति दिए ।

त्यसको प्रतिवादमा नायिका रेखा थापाले प्रचण्डप्रति कटाक्ष गरेकी छन् । बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम मात्र हो भन्दै आएका अध्यक्ष प्रचण्डलाई नायिका थापाले व्यंग प्रहार गरेकी छन् ।

तत्कालीन सशस्त्र युद्धका सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई थापाले विप्लवलाई बम पड्काएर परिवर्तन आउँदैन भन्नु ठूलो गल्ती मान्दै रेखा थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘आफूले चै काहा परेवा उडाएका थियौ र ?’

प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा धेरै बम पड्किएर सर्वसाधारणको ज्यान समेत गएको थियो । आईतबार चितवन कैलाशनगर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका थिए । उनले विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरे ।

‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।’

प्रचण्डले विप्लवविरुद्ध बोलेपछि नायिका रेखा थापा आक्रोशित हुँदै प्रचण्डमाथि खनिएकी छन् । उनले प्रचण्डलाई परेवा उडाएका थियौ र भनेर प्रश्न गरेकी छन् । नायिका थापाको प्रश्न गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्